यौनको तिर्खाले मर्नु पारेपछि के गर्ने ? तिर्खा मेट्नै पर्यो । तर प्यास मेट्ने भनेर जोसमा होस नपूराउँदा कहिलेकाहीँ बित्यासै पर्नसक्छ भन्ने कुरा अमेरिकाका एक व्यक्तिले भोगेको घटनाबाट पुष्टि भएको छ । अमेरिकाको विस्कन्सिनमा सडकमै सोफासँग सेक्स गरिरहेको अवस्थामा एक जना पुरुष पक्राउ परेका छन् । सुरुवाल मात्र लगाएर सडकमै सोफा राखेर दुइ सोफाको चेँपमा सम्भोगको स्वाद लिइरहेका ४६ वर्षे गेरार्ड स्ट्रेटर नामका पुरुष पुलिसको फन्दामा परेका हुन् ।

बिग्रेर फ्याँकिएको सोफालाई उनले यौनको प्यास मेट्न प्रयोग गरिरहेको अवस्थामा पुलिसले धरपकड गरेको हो । त्यस अवस्थामा उनले आफ्नो सुरुवाल कुर्कुच्चासम्म झारेर रतिक्रिडा गरिरहेका थिए । रातिको ११ बजेको समयमा उनले यस्तो कृत्य गरिरहेको पुलिसले देखे, त्यसपछि पुलिसले सोफामा को हो ? भनेर चिच्याउँदा गेरार्ड हत्तपत्त सुरुवाल सारेर नजिकैको अपार्टमेन्टभित्र छिरे । तर पछि पुलिसले खोजतलास गरेर उनलाई पक्राउ गर्न सफल भयो ।

उनलाई पक्राउ गरी सार्वजनिक स्थानमा अनैतिक क्रियाकलापको मुद्दा चलाइएको छ । उनलाई ९ महिना सम्मको जेल र ११ हजार डलरसम्म जरिवाना हुनसक्ने बताइएको छ । स्मरण रहोस् इटालीमा पनि फोहोरमा फालिएको बोतलसँग सेक्स गरेर फरार एक पुरुषलाई प्रहरीले खोजीको सूचिमा राखेका छन् ।